जसले फुटबल र क्रिकेट दुवैको विश्वकप खेले विश्वकै एकमात्र एकजना यस्तो व्यक्ति भिभ रिचर्डस्

२०७५, २५ असार सोमबार ०८:१७

काठमाडौँ। भिभ रिचर्डस् यस्ता कीर्तिमानी खेलाडी हुन् जसले क्रिकेट र फुटबलको विश्वकप खेलेका छन् । रिचर्डस्ले फुटबलतर्फ विश्वकपको छनोट खेलमा राष्ट्रिय टोलीबाट सहभागिता जनाए पनि क्रिकेटमा भने विश्वकपको अन्तिम चरणको खेल नै खेलेका छन् ।

रिचर्डस्ले फुटबलतर्फ एन्टिगुवा र बार्बुडाको राष्ट्रिय टोलीको नेतृत्व गर्दै सन् १९७४ को विश्वकपको छनोट प्रतियोगिता खेलेका थिए । दुर्भाग्य, त्यस बेला रिचर्डस्को टोली जर्मनीले आयोजना गरेको सो विश्वकपका लागि छनोट हुन सकेन । त्यसपछि उनले क्रिकेटबाट वेस्ट इन्डिजको नेतृत्व गर्दै विश्वकप खेले ।

वेस्ट इन्डिजले सन् १९७५ र १९७९ को क्रिकेट विश्वकप उपाधि जित्दा रिचर्डस् टोलीका महत्वपूर्ण सदस्य थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट क्रिकेटर मध्येका मानिएका रिचर्डस् सन् १९७५ देखि १९८४ सम्म वेस्ट इन्डिजको टेस्ट टोलीका कप्तान मेत रहे ।

रिचर्डस्पछि यो उपलब्धि अस्टे«लियाकी महिला खेलाडी इलिसी पेरीले हात पारेकी छन् । उनले अस्टे«लियन टोलीबाट सन् २००९ को क्रिकेट विश्वकप र सन् २०११ को फुटबल विश्वकपका खेलहरू खेलेकी छन् ।

Comments

ताजा खबर