नेपथ्यका गाएक  अमृत गुरुङले भन्न्नु भयो गतिलो ठाऊँमा व्यवस्थित प्रस्तुती दिने एकुन्ठो थियो

२०७५, २४ असार आईतवार २१:५४

टोक्यो जापान :-संजय पौड़याल

तीन वर्षअघि टोकियोकै कामदास्थित एप्रिकोट हलका दर्शकहरुसँग बिदा लिँदैगर्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुखद समयको गीत सुनाउन छिट्टै फेरि जापान आउने प्रतिज्ञा गरेका थिए
 सो प्रतिज्ञा शनिवार जुलाई ७ तारिखका दिन राजधानी टोकियोको सुईदोउबासी स्थित टोकियो डोममा रहेको टोकियो डोम सिटि हलमा पूरा भयको थियो ।

कार्यक्रम समापन पछि नेपथ्यका गाएक  अमृत गुरुङले  आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ धन्यबाद टोकियो … कुनै समय ४२ दर्षक माझ प्रस्तुती दिनु परेको पिडा गाँसिएको यस महानगरमा, गतिलो ठाऊँमा व्यवस्थित प्रस्तुती दिने एकुन्ठो थियो, टोकियो डोम सिटी हलमा आज पुरा भयो … सबै आयोजोक र दर्षकमा नेपथ्य को हार्दिक धन्यबाद। यस्तो माया पाउने हामी कस्तो भाग्यमानी

गोरेटो प्रोडक्सन आयोजक गरेको यो कार्यक्रममा लगभग ३ घण्टा जती भएको थियो जसमा  नेपाली दर्शकको बाक्लो उपस्थिती रहेको थियो नेपथ्य व्याण्डले जुलाई ७ तारिखमा  टोकियो डोम सिटि हलको कन्सर्ट ऐतिहाँसिक र भव्य रुपमा  प्रस्तुत  गरेको  थियो ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु