विश्वकपबारे कस्ले जित्ने भन्दै बाजी खेल्ने दश हजार जना पक्राउ

२०७५, २१ असार बिहीबार ०३:४१

बैंकक। थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् ।

प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो ।

अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको जनाइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन ।

बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाई छ ।

Comments

ताजा खबर