प्राइम लाइफको मृत्यूदावी रकम भुक्तानी

२०७५, १५ असार शुक्रबार ०९:४५

भबिन्द्र गौतम पाल्पा, १५

असार पाल्पाको हुमिनमा बस दुर्घटनामा परि मृत्युु भयकि गिता बुढाथोकी को मृत्यु दाबी रकम प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी गरेको छ । प्राइम लाइफमा जिवन बिमा गराएकि तानसेन नगरपालिका वडा नं. ६ कि बुढाथोकी को मृत्यु दाबी रकम परिवार लाई भुक्तानी गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी मा १ लाख ४ हजारको बिमा गरायकि बुढाथोकी को गत जेष्ठ १८ गते हुमिनमा भयको बस दुर्घटनामा परि मृत्यूभएपछि दावी वापतको रकम बुवा यम बहादुर बुढाथोकी लाई रु १ लाख ४ हजार, दुर्घटना दाबी स्वरुप रु १ लाख ४ हजार र हाल सम्म को बोनस स्वरुप २१ हजार १ सय १२ समेत २ लाख २९ हजार १ सय १२ रुपैयाको चेक शाखा प्रमुख पिताम्बर पान्डेले हस्तान्तरण गर्नुभयो । प्राइम धनसागर साबधिक बिमा गरायकि बुढाथोकि मृत्यूभएपछि मृत्यूदावी वापतको विमा रकम घरमै गएर भुक्तानी गरिएको प्रमुख पान्डेले बताउनुभयो । जिवन विमा आवश्यक भएको बेलामा गर्न नसकिने र विमा गर्नु अत्यावश्यक रहेकोले सबैले आफ्नो विमा गर्न आम नागरिकमा आग्रह गर्नुभयो ।

कम्पनीमा बुढाथोकिको ४ किस्ता रकम भुक्तानी भएको थियो । उनको निधन पश्चात विमाङ्क रकम र बोनस वितरण गरिएको हो । हालको समयमा पशुपक्षी र चौपायको समेत विमा गर्ने अवस्थामा मानिसको विमा गर्नु अत्यावश्यक रहेको जनाउदै प्राइम लाइफ संग सहकार्य गर्न प्रमुख पान्डेले सबैलाइ आग्रह गर्नुभयो । जीवन बिमाले केही भयपनी राहतको महसुस दिने हुदा सबैले जीवन बिमा गर्न आवश्यक देखियको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु