आँबुखैरेनीमा सवारी दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, अन्य ३ जना घाईते ।।

२०७५, १२ असार मंगलवार २३:०५

आँबुखैरेनी, १२, असार । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१,बरादी पूलमा आज दिउँसो सवारी दुर्घटना ग्रस्त हुँदा ४ जनाको मृत्यु भएको छ, भने अन्य ३ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सन्तोष रोक्काका अनुसार, आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ग. १ ख. ३१७३ नम्बरको बस, बिपरित दिशाबाट आउदै गरेको बा. १७ च. १८१४ नम्बरको भ्यान र सोही दिशाबाट आउदै गरेको ग. ५ प. १९४४ नम्बरको मोटरसाईकल दिउँसो साढे २ बजेको समयमा एक आपसमा ठक्कर खाँदा ४ जनाको ज्यान गएको र अन्य ३ जना घाईते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा मोटरसाईकल चालक आँबखैरेनी गाउँपालिका–४, का २६ वर्षिय दिल बहादुर मगर, भ्यानमा सवार कुश्मा नगरपालिका–९, का २५ वर्षिय कमल लामिछाने, सोही स्थानकी ३ वर्षिय ममता लामिछाने र आँबु गाउँका नुन बहादुर खवासको ज्यान गएको हो । दुर्घटनामा परि घाईते भएका भरतपुर महानगरपालिका–६ का २० वर्षिय सरु पाठकको मणिपाल शिक्षण अस्पताल पोखरामा र कुश्मा नगरपालिका–९ की ३० वर्षिय पार्वती लामिछाने र कुश्मा नगरपालिका–९ की ३० वर्षिय पार्वती लामिछाने र २४ वर्षिय गुरुदत्त तिवारीको छिम्केश्वरी जनरल अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर