ब्लड क्यान्सर पिडीत समिरालाई लुम्बिनी समाज कुवेतद्धारा सहयोग प्रदान ।।

२०७५, १२ असार मंगलवार २३:००

कुबेत , लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा सहयोग रकम हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । अर्घाखांची शितगंगाा नगरपालिका ३ निवासी सचिन बोहोराकी ३ वर्षिया छोरी समिरा बोहोराको उपचारका लागि कुवेतमा रही काम गरिरहेका नेपालीहरु बाट संकलीत रकम रु ६१००० सचिन बोहोरालाई प्रदान गरिएको हो ।

उक्त रमक लुम्बिनी समाज का कोषाध्यक्ष श्री सागर न्यौपाने को सम्योजकत्व मा संकलन गरीयको थियो। ३ वर्षीया समिरा बोहोरा ब्लड क्यान्सरबाट पिडीत बालिका हुन् र उनको हाल भारतको चन्दिगढमा उपचार भइरहेको छ ।

सहयोग रकम आज बुटवल मा एक कार्यक्रम गरि युवा व्यवसायी तथा समाजसेवी सुरज क्षेत्रीको संयोजनमा समाजका संस्थापक तथा वरिष्ठ सल्लाहकार रवि बन्जाडे, तथा समाजका सदस्यहरुले हस्तानतरण गर्नुभएको हो ।

रकम हस्तानतरण गर्दै समाजसेवी क्षेत्रीले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतित्रद्धता व्यक्त गर्नुभयो । लुम्बिनी समाज नेपाल कुवेतले विगत ५ वर्षदेखि लुम्बिनी अन्चल लगायत देश का विभिन्न स्थानमा सहयोग तथा विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।

साथै समाजले समाज ले २ महिन पहिले हर्थोक -६ पाल्पा कि श्रीमती बिमला दमाई लाई नेपाल फर्काउन को लागि एयर टिकट प्रदान गरि सहयोग गरेको थियो। अध्यक्ष रुपेन्द्र विक्रम हमालले बताए ।

Comments

ताजा खबर