कृषि, पशुपालन र बनवाली, जनतालाई आर्थिक समृद्धि : माथागढी गाउपालिका

२०७५, १० असार आईतवार २२:३३

भबिन्द्र गौतम, पाल्पा १० असार,
कृषिलाई प्राथमिकतामा राखीमाथागढी गाउँपालिका पाल्पाको बजेट अधिवेशन आईतबार देखि शुरु भएको छ । सिमित स्रोत र साधनको उपयोग गरी असिमित आवश्यकताहरुलाई परिपूर्ति गर्न आगामि आर्थिक वर्ष २०७५/०७६ का लागि ३८ करोड बराबरको बजेट प्रस्तुत गर्न लागेको हो । स्थानीय उत्पादन, कृषि, पशुपालन र बनवालीलाई उपयोग गरी जनताको स्तर समृद्धि बनाउने बजेट तथा नीति एबम कार्यक्रम आउने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । स्थानीय तहबाट सेवा सुविधा प्रदान भय सगै संघीयता कार्यन्वयन भएको भन्दै जनतालाई समृद्ध बनाउने तर्फ नीति कार्यक्रमले समेटेको अध्यक्ष थापाले जानकारी दिनुभयो । बजेट अधिवेशनको उद्घाटन गर्दै प्रदेश सांसद नारायण आचार्यले बजेट जनमैत्री हुनुपर्ने बताउनुभयो । सभामा बोल्दै आचार्यले जनताको चाहाना अनुसार संघीयताको महसुस हुने गरी बजेट ल्याउन गाउँपालिकालाई सुझाव दिनुभयको छ ।

कार्यक्रममा सुभकामना दिदै अधिकाङ्स बक्ताहरुले कृषिमा व्यवसायिक आधुनिकिकरण, गरीव किसान, अपांग, पिछाडिएका वर्गहरु लगायत प्रयटन लाई प्राथमिकताका साथ समेट्नु पर्नेमा सुझाव दिएकाछन । गाउपालिका कि उपाध्यक्ष निर्मला भट्टराईले प्रस्तूत गरेको नीति तथा कार्यक्रम सन्तोष थापा मगरको अध्यक्षता, प्रवक्ता मधूपराजूलीको स्वागत र प्रमुख प्रसाशकिय अधिकृत दीपक नेपालि को सन्चालन मा सम्पन्न भएको थियो ।

 

 

Comments

ताजा खबर