विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम खेल हुँदै, यस्तो छ भिडन्त

२०७५, १० असार आईतवार ०७:३४

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदैछन् । पहिलो खेलमा समुह जी को खेलमा इंगल्याण्ड र पानामा साँझ ५:४५ बजे खेल्दैछन् । यो समुहबाट बेल्जियम २ खेलबाट ६ अंकसहित राउन्ड अफ सिक्सटिनमा पुगेको छ । इंगल्याण्डको ३ अंक छ । पानामा र ट्युनिसिया अंकविहिन छन् ।

आइतबारको खेलमा इंगल्याण्ड विजयी भए राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । हारले तेस्रो चरणको खेलबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ । आइतबार राति समुह एचका दुवै खेल हुँदैछन् । ८:४५ बजे जापान र सेनेगल तथा ११:४५ बजे पोल्याण्ड र कोलम्बिया खेल्दैछन् ।

जापान र सेनेगलले पहिलो खेलमा जित हात पार्दा पोल्याण्ड र कोलम्बिया अंकविहिन छन् । आइतबार रातिका खेलमा विजयी भए जापान र सेनेगल राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । यदि नतिजा उल्टो आयो भने तेस्रो चरणको खेलको नतिजाबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने दुवै टिमको टुंगो लाग्नेछ ।

Comments

ताजा खबर