डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारका लागि सिफारिस

२०७५, ३१ जेष्ठ बिहीबार १८:२३

३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ । नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका  सांसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले उत्तर कोरियालीनेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको नाम नोवल पुरस्कारका लागि सिफारिस गरेका हुन् ।

उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रम्पले ठूलो र महत्वपूर्ण कदम चालेका छन्’ उनीहरुले नर्वेको समाचार एजेन्सी एनटीबीसँग भनेका छन् । नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

Comments

ताजा खबर