प्रहरीले बाजेको सेकुवा छ वटा आउटलेटमा छापा मारेर शिलबन्दी

२०७५, ३० जेष्ठ बुधबार १८:५४

३० जेठ, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंको विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेर शिलबन्दी गरेको छ ।

समितिका संयोजक सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा खटिएको टोलीले अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा शिलबन्दी गरेको हो ।३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन्।

Comments

ताजा खबर