डा.उपेन्द्र देवकोटालाई जन्म घर गोरखा पुर्याइयो

२०७५, २६ जेष्ठ शनिबार १५:२७

काठमाडौं , जेठ २६ ,
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा पुर्याइएको छ । उनकै इच्छाअनुसार देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको हो ।

देवकोटाले आफ्नो गाउँ र जन्मघरमा जाने इच्छा देखाएपछि त्यहाँ लगिएको अस्पताल पारिवारिक स्रोतको भनाई छ । उनले जन्मघरस्थित सिस्नेपानी धाराको पानी खाने इच्छा जाहेर गरेपछि उनलाई गाउँ लगिएको जनाइएको छ । उनको न्यूरो अस्पतालको सघनकक्षमा उपचार हुँदै आएको थियो ।

Comments

ताजा खबर