प्रशिक्षणमा नेयमार मुख्य टोलीभन्दा बाहिर

२०७५, २० जेष्ठ आईतवार ०९:३४

जेठ २० –
गतसाता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार बिहीबार विश्वकप प्रशिक्षण क्याम्पमा मुख्य टोलीबाट बाहिर बसेका छन् । खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् ।

विश्वकप तयारीको लागि आइतबार लन्डन जानुअघि नेयमारले आफू पूर्णरुपमा ठिक नभएको बताए । यद्यपी नेयमारले विश्वकपको पहिलो खेलसम्म भने सबै ठिक हुने प्रतिवद्धता व्यक्त गरे । ब्राजिलले विश्वकप अगाडीको अभ्यास खेलमा आइतबार क्रोएसियासँग खेल्दैछ । लिभरपुलमा हुने उक्त खेलमा नेयमारको उपस्थिति भने पक्का भएको छैन ।

बिहीबार भएको अभ्यासमा प्रशिक्षक टिटेले ग्यब्रिएल् जेसस र फिलिप कोउटिन्होलाई अग्रपंक्तिमा खेलाए । नियमित रुपमा राष्ट्रिय टोलीबाट खेलिरहेका मार्किन्हसको स्थानमा थियागो सिल्भा खेलेका थिए । त्यसअघि ब्राजिल फुटबल संघले मिडफिल्डर रेनाटो अगुस्टोको घुंडामा चोट लागेका कारण उनले क्रोएसियाविरुद्धको खेल गुमाउने जानकारी दिएको थियो । २० वर्षीय अगुस्टो साताको अन्त्यसम्म विश्राममा बस्ने सम्भावना रहेको छ ।

ब्राजिलले विश्वकपका तयारीका लागि सोमबारदेखि टोटेनहम हट्सपरको प्रशिक्षण केन्द्र प्रयोग गर्दै आएको थियो । विश्वकपका लागि प्रस्थान गर्ने बेलासम्म ब्राजिल यहीं रहनेछ । ब्राजिलले विश्वकप अघि अन्तिम मैत्रीपूर्ण खेल अस्ट्रियासँग जुन १० मा खेल्नेछ ।

Brazil’s Neymar looks up during a soccer team training session in London, Tuesday, May 29, 2018. Brazil will play Croatia in a pre-world cup soccer friendly at Anfield Stadium in Liverpool, England on Sunday. (AP Photo/Kirsty Wigglesworth)
Comments

ताजा खबर