रम्भा गाउँपालिकामा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३

२०७५, १८ जेष्ठ शुक्रबार १९:५०

भबिन्द्र गौतम, पाल्पा, जेठ १८ – रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउने १३ जनाकै पहिचान खुलेको छ ।

प्रहरीका अनुसार – १.विष्णुमान बज्राचार्य – ता.न.पा ४ २.देबेन्द्र लाल प्रधान – ता.न.पा ३ ३.कृष्ण मान बज्राचाय – ता.न.पा ३ ४.छत्र मान श्रेष्ठ – ता.न.पा ४ ५.सुशील श्रेष्ठ – ता.न.पा ६ ६.कृष्ण्ण बहादुर बोहरा – ता.न.पा ४ ७.दुर्गा बहादुर सारु– ता.न.पा ६ ८.लोकनाथ ढकाल – ता.न.पा ६ ९.वसन्ती खाँड– ता.न.पा २ १०.गीता बुढाथोकी – ता.न.पा ६ ११.सचिन बज्राचाय – ता.न.पा ६ १२.कमला कार्कि – ता.न.पा ३ जसमा सचिन बज्राचार्य र कमला कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।

ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुनुहुन्छ । घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै लक्ष्मी बचत तथा ऋण सहकारीको शैक्षिक अवलोकन भ्रमण को लागि जाँदै बसमा सहकारी संस्थाका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

Comments

ताजा खबर