फोरमबाट यादव र राईको मन्त्रालय टुंगो लाग्यो, सपथ ३ बजे

२०७५, १८ जेष्ठ शुक्रबार १७:०५

जेठ १८, काठमाडौँ | केपी ओली नेतृत्वको सरकारमा फोरमका दुई मन्त्रीले केहि बेरमा सपथ लिंदैछन् । फोरम सरकारलाई सहभागी भएसंगै दुई मन्त्रालयमा सहमति भएको छ ।

सहमति अनुसार अब उपेन्द्र यादव स्वास्थ्य मन्त्री बन्नेछन् भने फोरमकै अर्का नेता मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री बन्ने भएका छन् । नव नियुक्त मन्त्रीहरुलाई आज दिउसो ३ बजे शीतल निवासमा सपथ खुवाउने कार्यक्रम छ ।

दुई बुँदे सहमतिसँगै फोरम सरकारमा सहभागी हुन तयार भएको थियो । सहमतिअनुसार पहिलो मुख्य सहमतिमा संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ भन्ने उल्लेख छ ।

Comments

ताजा खबर