काभ्रेली समाज जापानको ऐतिहासिक दोस्रो अधिबेशन मुल आयोजक समिति गठन

२०७५, १४ जेष्ठ सोमबार १६:२७

टोकियो जापान , जेठ १४ ,
काभ्रेली समाज जापानको ऐतिहासिक दोस्रो अधिबेशन यही जुलाई महिनाको १ तारीक आईतबारको दिन टोकियो सिनोकुबो स्थित सोलमारी मुरा हलमा हुने भएकोछ ।

समाज को मे २७ तारिख सिनओकुबोमा बसेको कार्यसमितिको बैठकले बर्तमान अध्यक्ष मेख बहादुर वाईबा संयोजक र कार्यसमितिका पदाधिकारी एबं सदस्यहरू सदस्य रहने गरी ऐतिहासिक दोस्रो अधिबेशन मुल आयोजक समिति पनि गठन गरिएको छ ।

समाज ले स्थापनाको छोटो अबधिमै सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेको समाजले सडक बालबालिकाको शिक्षा र स्वास्थ्य सहयोगार्थ नेपालकै चर्चित युवा गायक राजु लामाको लाईभ कन्सर्टको आयोजना गरिएको थियो |

सो कार्यक्रमबाट ऊठेको केही रकम सडक बालबालिकाको हेरचाह गर्दै आएको संस्था सी नेपाललाई दुईलाख नेपाली रुपैंया संबिधान सभाका सदस्य पूर्ब माननीय तीर्थ बहादुर लामाको समुपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी जापानमा मृत्यु भएका टिना गुरूड०को शब ब्यवस्थापनार्थ ४४०००¥ त्यसैगरी स्वर्गीय शिब रोकाको लागि ४३०००¥ , मृगौला रोगी हिमालसिं तामाड०लाई ७०३७२¥ , ब्लड क्यान्सर रोगी काभ्रेका बुद्दिलाल तामाड०लाई १५२८४७¥ तराईका बाढीपिडितलाई ३५०००¥ लगायतका अरू थुप्रै आर्थिक सहयोगका कामहरू गरेका छन ।

समाज ले स्थापनाको छोटो अबधिमानै फुटसलमा राम्रो प्रभाब जमाऊन सफल समाजले ठुलाठुला प्रतियोगिता आफ्नो पोल्टामा पारिसकेको छ भने एऊटा प्रतियोगिताको पनि सफल आयोजना गरिसकेको छ र निकट भबिश्यमै अर्कों पर्तियोगिताको आयोजना हुदैछ ।

समाज ले काभ्रेको बिभिन्न ठाँऊबाट बिबिध पेशा , ब्यबसाय तथा अध्यनार्थ काभ्रेलीहरूको जमघट , एकअर्कामा आईपर्ने बिबिध किसिमका समस्याहरू एबं आफ्नो जन्मभूमिको लागि केही सामाजिक काम गर्ने ऊदेश्यका साथ दूईबर्ष अगाडी गठन भएको काभ्रेली समाजले आफ्नो क्षेत्रीय शाखा पनि बिस्तार गर्दैछ ।

यही क्रममा क्युशुमा क्षेत्रीय समिति बनिसकेको छ भने अरू ठाऊँमा पनि कुराकानि भईरहेको जनाएको छ । यसरी नै एकताबद्द भई जापानभरी नै शाखा बिस्तार गर्ने तयारी रहेको अध्यक्ष मेख वाईबाले जानकारी दिनुभएको छ ।

समाज ले अधिबेशनको लागि जापानमा रहेका सम्पूर्ण काभ्रेलीहरूलाई उपस्थित हुनको लागि पनि हार्दिक अनुरोध गरिएको जानकारी सचिब रुपक तामाङ ले दिनुभएको छ ।।

Comments

ताजा खबर