नेकपाद्वारा प्रदेश नम्बर २ सरकारलाई दिएको समर्थन फिर्ता

२०७५, १३ जेष्ठ आईतवार १६:५६

धनुषा, जेठ १३

प्रदेश नम्बर २ सरकारलाई विश्वासको मत दिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार समर्थन फिर्ता लिएकाे छ । सरकारको सय दिनको उपलब्धिहीन रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दैतत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो ।

एमाले र माओवादी यही जेठ ३ गते एकीकरण हुन्   तत्कालिन एमाले ले संसदीय दलका नेता सत्यनारायण मण्डलले वर्खे अधिवेशनको पहिलो बैठकमा बोल्दै संसद अवरुद्ध गरेका छन्।माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताए। सरकार भ्रष्टचारमा लिप्त भएको र भ्रष्टचारको भागी आफूहरु नबन्ने भन्दै समर्थन फिर्ता लिएको बताए।

नेकपाले समर्थन फिर्ता लिएपनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजबादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ । तेतुन्जेल सरकार भने बहुमत सरकार हुनेछ |

Comments

ताजा खबर