तनहुँमा आज भएको सडक दुर्घटनामा परि २ जनाको मृत्यु, २ को अवस्था गम्भिर

२०७५, १३ जेष्ठ आईतवार १३:३०

तनहुँ, १२ जेठ

पृथ्वीराजमार्ग सडक खण्ड अन्तरगत तनहुँको व्यास नगरपालिका-१२ कमलबारी र देउराली बीचको मोडमा शनिबार साँझ करिब ७ बजे भएको दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् ।

पोखराबाट काकडभित्ता जादै गरेको ना५ख ३०८२ नम्बरको यात्रु बहाक बससंग डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना५५प १५९४ नम्बरको मोटर साइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

एउटै मोटर साइकलमा चार जना सवार रहेका र विपरित दिसामा गई बससंग ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी पर्सा जिल्ला रेरवा गाउँपालिका-३ बस्ने अन्दाजी २२ वर्षा राज राया र पर्सा सुगौलीका अन्दाजी २१ वर्षीय धिरज चौधरीको मृत्यु भएको छ ।

त्यस्तै, उक्त दुर्घटनामा परी पर्सा जिल्ला विरगन्ज घर भएका अन्दाजी २२ वर्षा सन्जय चौधरी र पर्सा सुगौली बस्ने अन्दाजी २२ वर्षा भोला चौधरी गम्भिर घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

Comments

ताजा खबर