सन्दीपलाई गणतन्त्र दिवसमा पदक प्रदान गरिने !

२०७५, ११ जेष्ठ शुक्रबार ०१:४२

काठमाडौं,११ जेठ ,

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका  नेपाल राष्ट्रिय क्रिकेट टोलिका लेगस्पिनर  सन्दीप लामिछानेले बिहिवार ( हिज )केन्द्रिय  गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेटेका छन् ।

गृह मन्त्रालयमा भएको भेटेमा गृहमन्त्री  थापाले आइपिएलमा उत्कृष्ट प्रदर्शनका लागि बधाइ तथा शुभकामना दिएका छन् । भेटमा थापाले आउदा दिनमा क्रिकेट खेलको विकासका लागि नयाँ योजना ल्याउने बताए।

गृह मन्त्रालयले आउदै गरेको गणतन्त्र दिवसको अवसरमा पदकका लागि सन्दीपको नाम समेत छनोट गरिएको छ । तर सन्दीपलाई कुन पदक दिइनेछ त्यो भने खुलाइएको  छैन  ।

Comments

ताजा खबर