साउदी बिमान आकस्मिक अवतरण, ५३ यात्रु घाइते

२०७५, ८ जेष्ठ मंगलवार १७:०९

काठमाडौं, ८ जेठ ,

साउदी अरब एयरलाइन्सको एयरबस ए३३० जेटले जेद्दाहमा सोमवार आकस्मिक अवतरण गर्नुपरेको छ । घटनामा ५३ मानिस घाइते भएका छन् ।

साउदिया विमान मदिनाबाट ढाका जाँदै थियो । विमानमा १५१ यात्रु थिए । तर उडेको केही समयपछि विमानको हाइड्रलिक सिस्टममा खराबी आएपछि जेद्दाहतिर लग्नुपरेको साउदीको उड्डयन अनुसन्धान ब्युरोले बतायो । विमान रनवेमा अवतरण गर्दा आगोको मुस्लो उठेको थियो ।

‘यात्रुहरूलाई इमर्जेन्सी स्लाइडबाट बाहिर निकालिएको थियो । तीमध्ये ५२ जना हल्का घाइते छन् भने बाहिर निस्कने क्रममा एक महिला यात्रुको हड्डी भाँचिएको थियो र उनको उपचार चलिरहेको छ । ल्यान्डिङ गीयर नझरेपछि उक्त विमान जेद्दाहमाथि घन्टौंसम्म घुमिरह्यो अनि क्याप्टेनले आकस्मिक अवतरण गर्नुपरेको भनेकाछन् ।

Comments

ताजा खबर