बसपार्कबाट नाटकीय शैलीमा १ लाख ४७ हजार नगद लुटियो

२०७५, ७ जेष्ठ सोमबार १६:१५

७ जेठ, काठमाडौं

काठमाडौंको नयाँ बसपार्कमा नाटकीय शैलीमा एमेगेन्द्र दुलालको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ ।

पाँचथरको बामिडाँडा घर भइ हाल नयाँ बसपार्क बस्दै आएका २३ वर्षीय मेगेन्द्र दुलालको रकम लुटपाट भएको हो ।

दुलालका अनुसार उनी नयाँ बसपार्कबाट माइक्रो चढेर जमलस्थित राष्ट्रिय नाँचघर अगाडि झर्ने क्रममा अपरिचित व्यक्तिले श्रीमतिको शल्यक्रिया गर्नु पर्ने भएको भन्दै सहयोग मागेका थिए ।

र, खल्तीमा रहेको एकमुष्ट रकमबाट  एक हजार रुपैयाँ दिन खोज्दा ती व्यक्तिले सबै रकम लुटेर भागेका थिए ।

लुटपाटमा संलग्नको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी प्रभाग, बसपार्कले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु