अाइपीएलमा सन्दीपको सानदार प्रदर्शन

२०७५, ५ जेष्ठ शनिबार ००:०५

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन् । सन्दीपले आफ्नो पुरै ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका हुन् ।

सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई १५ रनमा आउट गराएका थिए । तेस्रो ओभरमा मात्र २ रन खर्चेर सन्दीपले सुरेश रैनाको महत्वपूर्ण विकेट लिएका हुन् । आफ्नो तेस्रो ओभरको पहिलो बलमा रैनालाई आउट गराएका थिए भने दोस्रो बल र तेस्रो बलमा १–१ रन खर्चे पनि बाँकी लगातार तीन बलमा डट बल फालेका थिए ।

यसअघि उनले आफ्नो दोस्रो ओभरमा ६ रन मात्रै दिएका थिए । सन्दीपको दोस्रो ओभरमा ३ बलको सामना गरेका भारतीय पूर्व कप्तान मेहन्द्रसिंह धोनीले ३ रन र सुरेश रैनाले ३ बलको नै सामना गर्दै ३ रन नै बनाएका थिए ।

३ ओभर बलिङ गरेका सन्दीपले १० रन मात्रै दिएर १ विकेट लिएका छन् । सन्दीपको पहिलो ओभरमा स्टार खेलाडी शेन वाट्सनले ६ बल सामाना गरेपनि २ रन मात्रै बनाउन सकेका थिए । सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा ५ बल डट फालेका थिए ।

सन्दीपले आफ्नो पुरै चार ओभरमा १ मात्र छक्का खाए । उनको अघि भारतीय कप्तान मेहन्द्रसिंह धोनी, स्टार खेलाडी सेन वाट्सन, सुरेश रैनना जस्ता खेलाडी निरिह बने ।

Comments

ताजा खबर