महिन्द्राको अाकर्षक स्कोर्पियो 4WD नेपाली बजारमा अायाे

२०७५, ४ जेष्ठ शुक्रबार ०८:१८

काठमाडौं । महिन्द्रा ग्रुपले स्कोर्पियो गाडिलाई विगत १५ वर्षदेखि निरन्तरता दीईरहेको छ ।  आजका दिन सम्म अझ धेरै नयाँ सुविधा एवं विशेषताले सुसज्जित गरी प्रस्तुत गरेको छ । यससँगै उच्च टर्ग पावर, नयाँ ५ स्पीड ट्रान्स्मिसन, उच्च कार्य क्षमता, आकर्षक स्टाइलिङ्ग तथा आरामदायी यात्राको लागि उच्च सुविधा युक्त रहेको छ ।

महिन्द्राका यस्ता सुविधाहरुले नेपालका कुनै पनि सडकहरुमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरु भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडेलहरुमा उपलब्ध रहेको छ ।

उपलब्ध रहेका मोडेलहरु – S4, S5 (4WD), S7, S11 (4WD)

नयाँ स्कोर्पियोले नेपालमा नयाँ मानकका रुपमा स्थापित भई गौरबका साथ नम्बर १ स्थानमा रहने छ । यसमा विद्यमान उच्च क्षमता, साहासिक एवं रोमान्चलाई समेट्दै आज हामीले नयाँ विशेषता एवं सुविधा युक्त स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाएका छौं ।

मलाई पूर्ण रुपमा विश्वास छ कि ग्राहकहरुले यो नयाँ स्कोर्पियोलाई आफ्नो रोमाञ्चक एवं साहसिक यात्रामा साथ दिनुहुने छ । ” भन्ने कुरा सन्जय जादव, महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन (साउथ एशिया) का भाइस प्रेसिडेन्टले व्यक्त गर्नुभयो ।

यस उपलक्षमा बोल्दै, अग्नि ग्रुपका म्यानेजिङ्ग डाइरेक्टर क्याबिनेट श्रेष्ठले “नेपाली सडकमा महिन्द्राका यो स्पोर्ट युटिलिटि भइकल एउटा प्रतिकका रुपमा रहने छ । विगत १५ वर्षदेखि निरन्तर यसले यो सेगमेन्टमा आफ्नो प्रभुत्व जमाइरहेको छ ।

हालै यसमा भएको नयाँपनले, लक्जरीयस कम्फोटको साथ सम्पूर्ण रोड तथा अफ रोडहरुमा हामीले वेग्लै पहिचान स्थापित गर्ने छौं । नेपालको अर्थ तन्त्र पर्यटन उद्योगद्वारा सञ्चालित छ र पर्यटन उद्योगमा हाम्रो यो गाडीले वर्षैदेखि निरन्तर साथ दिंदै आएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु