फेसबुकले ५८ करोड बढी एकाउन्ट डिलिट गर्‍यो

२०७५, ३ जेष्ठ बिहीबार ०८:०६
Facebook

फेसबुकले आफ्नो नीतिविपरीत सञ्चालनमा  रहेका पछिल्ला ५ महिनामा  ५८ करोड ३० लाख बढी एकाउन्ट डिलिट गरेको मंगलबार सार्वजनिक गरेको  छ । 

यीमध्ये अधिकांशले यौनजन्य र हिंसात्मक सामग्री राखेको, आतंकवादसम्बन्धी सामग्री पोष्ट गरेको र घृणा फैलाउने सामग्री  राखेको फेसबुक कम्पनीले जनाएको छ ।

सन् २०१६ मा अमेरिकी निर्वाचनमा फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरी प्रचार गरिएको विषय सार्वजनिक भएपछि फेसबुकको आलोचना हुँदै आएको छ ।

क्याम्ब्रिज एनालिटिका विवाद भनिने यो घटनाका कारण फेसबुकमाथि पारदर्शी बन्नुपर्ने दवाब बढ्दै गएको छ ।

फेसबुकका कूल एकाउन्टमध्ये अझैं ४ प्रतिशतसम्म एकाउन्टहरु नक्कली हुनसक्ने अनुमान छ ।

तर, फेसबुकले भने शतप्रतिशत नक्कली एकाउन्ट डिलिट गरिएको दाबी गरेको छ ।

उसले पछिल्लो ५ महिनामा ८३ करोड ७० लाख बढी पोष्टहरु पनि डिलिट गरिएको जनाएको छ ।

फेसबुकसँग जोडिएर प्रयोगकर्ताको तथ्यांक संकलन गर्ने २ सय बढी एपलाई पनि आफ्नो प्लेटफर्मबाट डिलिट गरिएको केही दिन अघि  फेसबुक कम्पनीले जनाएको छ ।

 

Comments

ताजा खबर