माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बिच भेटघाट

२०७५, १ जेष्ठ मंगलवार १४:५१

काठमाडौं, जेठ १ ,

पार्टी एकताका विषयमा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार छलफल भएको छ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको छलफलमा पार्टी एकताका लागि एकता संयोजन समिति बैठक तत्काल बोलाउने विषयमा कुराकानी भएको एमाले नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले पार्टी एकताका लागि एमालेसँग बराबरी संख्या माग गरेपछि एकता प्रक्रियाका विषयमा छलफल रोकिएको थियो । दुई नेताबीच कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन छलफल समीक्षा गरिएको बताइएको छ ।

Comments

ताजा खबर