मोदीको अभिनन्दनमा मुख्यमन्त्रीको दीईयको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले जनाए असन्तुष्टि

२०७५, ३० बैशाख आईतवार १३:४१

 

३० वैशाख, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् |

भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए । उनले यो नेपाल सरकारको नीति अनुसार नभएको बताए ।

जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।

Comments

ताजा खबर