नेपाली क्रिकेटर सन्दिपको आइपिएलमा डेब्यू

२०७५, २९ बैशाख शनिबार २१:२९

२९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् ।

आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्। दुई दिने नेपाल भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकै दिन उनले खेल्ने मौका पाएका छन्।

जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो। उनले बैंगलोरविरुद्धको खेलमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका हुन्।

यसअघि देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा सन्दीपले दिल्ली डेयरडेभिल्सको पहिलो रोजाइमा पर्दै शनिबार आइपिएलमा डेब्यू गरेका हुन्।

फिरोज शाहा कोटला रंगशालामा खेल् सुरू भइसकेको छ। टस जितेर बैगंलोरले फिल्डिङ रोज्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ।सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका हुन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु