प्रचण्डले नेपाल भारत सीमा समाधानका लागि आग्रह गर्दै मोदीलाई बिधाई |

२०७५, २९ बैशाख शनिबार १९:५१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्नु भयकोछ |

नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री मोदीसँग शनिबार काठमाडौँमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले सीमा क्षेत्रको समस्या र विराटनगरको सम्पर्क कार्यालयको समस्या समाधान भए दुई देशको सम्बन्ध थप सुमधुर बन्ने विश्वास व्यक्त गर्नु भएकोछ |

भेटका अवसरमा आफूले विराटनगरमा रहेको दूतावासको सम्पर्क कार्यालय र सीमा क्षेत्रमा नेपालीले भोग्नुपरेको समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी प्रचण्डले दिनु भयो |

पूर्वप्रधानमन्त्रीसमेत रहनु भयको अध्यक्ष प्रचण्डले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा नेपाली नागरिक आवतजावत गर्दा समस्या भोग्नुपरेको र सीमा क्षेत्रमा अन्य समस्या पनि कायम रहेकाले समाधानका लागि आग्रह गरेको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए।

भेटवार्तामा आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल भएको थियो। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयनसँगै नेपाललाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री मोदीले अध्यक्ष प्रचण्डको प्रशंसासमेत गर्नु भयकोथियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु