गठबन्दन को सहमति मै बजेट ल्याइने ओली र दाहाल

२०७५, २७ बैशाख बिहीबार १२:२२

बैशाख २७ काठमाडौं ,
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धतालाई समेटेर दुवै दलको आपसी छलफलमा बजेटलाई अन्तिम रूप दिने समझदारी गरेका छन् ।


बजेट निर्माण प्रक्रियामा माओवादी पक्षबाट असन्तुष्टि अाएपछि बुधबार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल भएको हो । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा बजेट र नीति तथा कार्यक्रमका सिद्धान्तहरू पेस गर्नुअघि नै ओली–दाहाल भेट भएको थियो । यसअघि माओवादीले बजेट निर्माण प्रक्रियामा सहभागी नगराएको र एमालेमात्र हावी भएको आरोप लगाएको थियो ।
मंगलबारको संसदीय दलको बैठकमा माओवादी सांसदहरूले यस विषयमा कुरा गर्नुपर्ने भन्दै अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए । त्यसपछि ओली र दाहालबीच कुरा भएको हो ।
बालुवाटारको बैठकमा दुई दलबीच रोकिएको पार्टी एकताका विषयमा समेत कुराकानी भएको थियो । दुई अध्यक्ष बिच छिट्टै वाम एकता संयोजन समितिको बैठकबाट एकता प्रक्रियाका बाँकी विषय अघि बढाउन उनीहरू सहमत भएका छन् । तर बैठक कहिले बोलाउने भन्ने तय भएको छैन ।
दुई दलबीच एकता मा मुख्य विवाद भनेको एमालेले विगतको सहमतिअनुसार गर्नुपर्ने अडान राखेको छ भनेकाछन् माओवादीले बराबरी हैसियतमा गर्नुपर्ने धारणा राखेको छ । दुई धारबीचको एकता भएकाले समान हैसियत स्थापित हुनुपर्ने अडान माओवादीको छ । माओवादी का केही हस्ती हरुले पाटी एकाता बराबरि को हैसियत मा गर्नुपर्ने भन्दै प्रचन्ड दबाबमा देखिन्छन् | महाधिवेशनपछिको नेतृत्व र सरकार हस्तान्तरण गर्ने कि नगर्ने भन्ने कुरा पनि एकता प्रक्रियाभित्र जोडिएको छ । यो विषयमा सहमति भएपछि मात्र पार्टी एकताको औपचारिक टुंगो लाग्नेछ ।

Comments

ताजा खबर