नेपालमा पनि केही सिकुन् जापानमा ड्राइभरको अचम्मको हड्ताल,यात्रुसँग पैसा नलिइ गाडी सञ्चालन !

२०७५, २१ बैशाख शुक्रबार २०:३१

जापानको ओकायामा शहरको ‘र्‍योबी ग्रुप’सँग सम्बन्धित बसका ड्राइभरहरुले बसआन्दोलनमा अचम्मको विरोध प्रर्दशन गरेका छन् । आन्दोलन भएको बेलामा पनि उनीहरुले आफ्नो रुटमा गाडी निर्वाध ढंगले निरन्तर बस चलाइरहेका छन् । तर, कोही पनि यात्रुसँग भाडा लिएका छैनन् ।

र्‍योबीले सेवा दिइरहेको केही रुटमा सस्तो भाडा लिने गरी अप्रिल २७ बाट नयाँ बस लाइन मेगुरिन सञ्चालनमा आएको थियो । मेगुरिनका बसहरु र्योबीका भन्दा आकर्षक पनि छन् ।

त्यसैको नतिजाअनुरुप र्योबीका ड्राइभरहरुले आफूलाई असुरक्षित महसुस गरे र व्यवस्थापनसँग आफ्नो सेवा सुरक्षा र यात्री सुविधा वृद्धिको लागि माग गरिरहेका थिए । र्‍योबी ड्राइभरहरुको माग पुरा गर्न अनिच्छुक देखियो र आन्दोलन सुरु भयो ।

यस्तो केसहरुमा व्यवस्थापनले ड्राइभरहरुले आफ्नो फाइदाको लागि आम नागरिकको सेवा बन्द गरेको दोष दिन सक्छ । त्यसैले त्यस्तो अवस्था आउन नदिन र्योबीका ड्राइभरहरुले बस नियमित चलाइरहेका छन् तर यात्रु सबैलाई निशुल्क बस चढ्ने सुविधा छ ।

यस्तो खालको हडताल  पहिलोपटक भने होइन ।यस्तो खालको ‘फेयर स्ट्राइक’कोसुरुवात भने सन् १९४४ मा क्लिभल्याण्ड स्ट्रिटकार वकर्सले गरेका थिए भने अघिल्लो वर्ष श्रम विवादमा अष्ट्रेलियाको ब्रिसबेन र सिड्नीमा पनि यस्तो हड्ताल भएको थियो । युरोप र ल्याटिन अमेरिकामा पनि यस्ता खालका हड्ताल भएका छन।

Comments

ताजा खबर