यातायात ब्यवसायीको बन्दको प्रभाब ले सुन्सान बुटवलको जनजीवन

२०७५, २१ बैशाख शुक्रबार ११:५८

बुटवल २१ वैशाख,  भबिन्द्र गौतम,
सरकारले सस्था नवीकरण रोकेको विषयलाई लियर आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीहरुले थालेको सार्बजनिक यातायात बन्दको प्रभाव शुक्रबार बिहानै देखि बुटवल लगायत देशैभरि देखिएको छ । शुक्रबार बिहान ५ नम्बर प्रदेश सदरमुकाम बुटवल लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु ठप्प छन् । प्रदेशका सबैजसो शहरमा सडक सुनसानजस्तै देखिएको छ । पाल्पाको तानसेन, सन्धिखर्क, तम्घास लगायतका स्थानका सडक र बसपार्क सबै खाली छन । यातायात बन्दको प्रभाब सर्बसाधारण यात्रुमा परेको छ । गन्तब्यमा पुग्न सडकमा निस्केका यात्रुहरु गाडी नचल्दा अलपत्र परेका छन । एस क्षेत्रमा भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र प्रयटक बोक्ने हरियो प्लटेका साधन भने चलिरहेका छन् ।

प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघ/समितिहरुले बस/जीप चलाएका छैनन् । बस टर्मिनलभित्र रहेका समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् ।
पाल्पाको श्रीनगर यातायात ब्यवसायि समितिले पनि बस चलाएको छैन । २४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश ५ का सबै जिल्लामा बस सञ्चालन गरिरहेको थियो भने अन्य समितिले जिल्ला-जिल्लामा चलाइरहेका थिए । व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । सबै भन्दा बन्दको प्रभाब एअरपोर्ट मा परेको छ । भैरहवा बिमानस्थल बाट बुटवल आउन निजि सवारी साधन ले मौका छोप्दै मनपरि भाडा असुलेका छन । भैरहवा बाट बुटवल आयका यात्रु निरज केसि ले १५०० भाडा तिरेको बताए । उनी भन्छन सर्बसाधारण ले दुख पाउन भन्दा ब्यवस्थित गरेर चल्न दियको भय राम्रो हुने थियो । सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । केही दिन अघि सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने सरकार ले निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका छन । बन्दको बारेमा ५ नम्बर प्रदेशको नेतृत्व सम्हालेका डिल बहादुर ढुङ्गानाले सनराइजजेएन सङ प्रतिकृया दिदै भने “हाम्रो अस्थित्व बचाउन ब्यवसायी हकहित को निम्ति जस्तोसुकै मूल्य चुकाउन बाध्य हुने छौ उनी थप्छन निसर्त बार्ता र सम्बाद को माध्याम बाट सामाधान खोज्न भने हामी तत्पर छौ । ´´ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छ्न । सरकार र व्यवसायी बिचको द्वन्द्वले सर्बसाधारण मारमा परेका छन् ।

Comments

ताजा खबर