प्रदेश ४ ले चालू आर्थिक वर्ष २०७४/२०७५ को बाँकी अवधिका लागि बुधबार बजेट सार्वजनिक

२०७५, २१ बैशाख शुक्रबार ०६:४५

रबिन्द्र २१ गोरखा ,
प्रदेश ४ ले चालू आर्थिक वर्ष २०७४/२०७५ को बाँकी अवधिका लागि बुधबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ अर्व २ करोड ५ लाख रुपैयाँ बजेट सार्वजनिक गरे । बजेटको पहिलो प्रथामिकता पर्यटन क्षेत्रलाई दिएको छ । त्यसैगरि ऊर्जा, कृषि क्षेत्र, औद्योगिक क्षेत्र, पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा उच्च प्रथामिकता दिईएकाे छ ।

बजेटले प्रदेश ४ को पर्यटन विकासका लागि तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने, अपर काली, लोहर काली, मादी सेती लगाएतका स्थापनमा ¥याफ्टिङं संचालन गर्न गुरुयोजना निर्माण गर्ने, पर्यटन प्रवद्र्धन गर्न सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रियस्तरको पोखरा भ्रमण वर्षको तयारीका लागि बजेट छुट्याएको गुरुङले बताए । त्यसै गरि काठमाडौ — पोखरा— लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्ने रहको छ ।

त्यसै गरि उज्यालो प्रदेश अभियान अन्तरगत विजुली बत्ती नपुगेको क्षेत्रमा दुई वर्षमा विजुली बत्ती पु¥याउन १ करोड रुपैया, प्रत्येक गाउँपालिकामा मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ स्थापना, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न अध्ययनका लागि १ करोड, विशेष औद्योगिक क्षेत्र स्थापना गर्न २० लाख, शहिदहरुको स्मृतिमा पार्कका निर्माण गर्न गुरुयोजनका लागि ५० लाख, दुई जिल्ला सदरमुकामा जोड्ने सडकका लागि ९ करोड ३६ लाख बजेट प्रस्ताब गरेका छन् ।

फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड रुपैया, चिडिखाना स्थापनका लागि डीपीआरका लागि ५० लाख, प्रदेश भित्रका सडक सञ्जाल नजोडिएका क्षेत्रलाई पल निर्माण गर्ने १ करोड, प्रदेशको मुख्य प्रशानिक केन्द्र, प्रदेश सभा सचिवालय निर्माणका लागि ६ करोड, प्रदेश सरकारी आवसका लागि १ करोड ५० लाख, पूर्ण खोप अभियानका लागि १ करोड रुपैया प्रस्ताब गरेका छन् । त्यसै गरि विपद् व्यवस्थापन कोष स्थापनका गर्न, आकस्मिक कोष स्थापना गर्न र युवालक्षित चुनौती कोष स्थापना गर्न १÷१ करोड छुट्याएको छ ।

Comments

ताजा खबर