विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नवलपरासीमा प्रभातफेरी गरिने ।।

२०७५, १९ बैशाख बुधबार १९:५६

गोविन्द लामिछाने ,बैशाख १९
विश्व प्रेस स्वतन्त्रता दिवसलको अवसरमा नेपाल पत्रकार महासघ नवलपरासीले पनि प्रभातफेरी गर्ने भएको छ । प्रत्येक वर्ष मे २ तारीकका दिन मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा वैशख २० गते विहिवार नेपाल पत्रकार महासघ नवलरासीले कावासोती र परासी गरि दुइ स्थानमा एकै साथ प्रभातफेरी गर्ने भएको हो ।

नेपाल पत्रकार महासघले देशै भर विभिन्न कार्यक्रम गरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णया गरे संगै नवलपरासी शाखाले पनि परासी र कावासोतीमा प्रभातफेरी गर्ने तयारी गरिएको पत्रकार महासघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले वताउनु भयो । शुक्रवार विहान ठिक ८ वाजे पुर्वि नवलपरासीको कावासोती को फलफल चोक र पश्चिम नवलपरासीको परासीको वुद्धचोक वाट प्रभातफेरी कार्यक्रम सुरु गर्ने तयारी गरिएको पत्रकार महासघ नवलपरासीका सहसचिव बिष्णु गौडेलले जानकारी दिनु भयो ।

प्रभातफेरी कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण सञ्चारकर्मि , नागरीक समाज , मानवअधिकारवारी लगाएत सम्पुर्णमा अनुरोध गरिएको सहसचिव गौडेलले वताउनु भयो । साथै एक सुचना जारी गरि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासघ नवलरासी शाखाले आयोजना गरेको उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, अधिकारकर्मी, कानुन व्यवसायीलगायत आमनागरिकहरुमा आहृवान गरेको छ ।

Comments

ताजा खबर