विराज माईभ्याली गोल्डकपको सर्वोकृष्ट खेलाडी

२०७५, १७ बैशाख सोमबार २१:३०

ईलाम १७ बैशाख ,

माईंभ्याली गोल्डकपको उपविजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबका कप्तान विराज महर्जन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी विराजले एक थान स्कुटी प्राप्त गरे ।
इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी चिरपरिचित प्रतिद्धन्द्धी रुस्लान थ्री स्टारसँग अतिरिक्त समयमा १–० ले पराजित भएको हो।  उपाधिसँगै थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ हजार प्राप्त गर्यो । दोस्रो स्थानमा चित्त बुझाएको मनाङले ४ लाख रुपैया प्राप्त गर्यो ।

Comments

ताजा खबर