१० दिने हस्तकला तालिमको एक कार्यक्रमकाबीच समापन ।।

२०७५, १७ बैशाख सोमबार १५:३०

आँबुखैरेनी, १७,

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा जारी १० दिने हस्तकला तालिमको एक कार्यक्रमकाबीच आईतबार समापन गरिएको छ । वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आलेको अध्यक्षता तथा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ प्रमुख अथित्यतामा तालिमको समापन गरिएको हो । बेरोजगार महिलाहरुहरुलाई स्वरोजगार गराउने उद्देश्यले हस्तकला अन्तर्गत फूलमाला, गमला, ब्याज, झोला बनाउने तालिम संचालन गरिएको वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आलेले बताउनुभएको छ । हस्तकला तालिम समापन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, गाउँपालिकाका शाखा अधिकृत कृपा लौंडारी, वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आले, २ का वडा अध्यक्ष कटक बहादुर थापा, वडा नं. ३ का सचिव ज्ञानेन्द्र श्रेष्ठ, गाउँपालिकाका आई टी अफिसर निरज श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पुष्पा देवी श्रेष्ठले तालिममा आफूले सिकेको सिपलाई व्यवहारमा उतार्न सके महिलाहरु आत्मा निर्भर हुनका लागि केही गाह्रो नभएको बताउनुभएको छ । बिध्या महर्जन र सपना तामाङ्गले प्रशिक्षण दिनुभएको हस्तकला तालिममा ३० जना महिलाहरुको उपस्थिती रहेको थियो ।

Comments

ताजा खबर