पाल्पामा भने केही सयम असिना सहित मुसल धारे पानी

२०७५, १६ बैशाख आईतवार १९:५३

भबिन्द्र गौतम पाल्पा, बैशाख १६,

पाल्पाको तानसेन सहित आसपासका क्षेत्रमा आज हिउदे बर्षा सगै बाक्लो मात्रामा असिना परेको छ । दिउसोको समयमा पानी परेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसो ३ बजे देखि मुसधारे पानी सहित असिना परेको हो । मौसम पुर्बानुमान महासखाले जनाए अनुसार पूर्वी बंगालको खाडीबाट आएको जलवाष्प तथा स्थानीय रुपमा पश्चिमी वायुको प्रभाव सहित मनसुनी न्यूनचापीय प्रणाली सक्रिय भएकोले मुलुकभर मौसममा बदलि आएको हो ।

पानी पर्ने र रोकिने क्रम जारी रहेपनि झरी पर्ने सम्भावना भने नभएको महासाखाले जनाएको छ । देशका अधिकान्स पहाडि क्षेत्र तथा काठमाडौं उपत्यकामा पनि विहानै देखि पानी परेको छ । पाल्पामा भने केही सयम असिना सहित मुसल धारे पानी परे पनि अहिले भने रोकीएको छ । विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्नवाली तथा तरकारी खेती नष्ट हुन सक्ने अनुमान गर्न सकिन्छ । बेमौसमी पानीले तानसेनको सडक हिलाम्मे भयको छ भने ग्रामीण सडकमा जाने सवारीसाधन पनि प्रभावित भयका छन ।

Comments

ताजा खबर