राष्ट्रिय फोटो पत्रकारिता दिवसमा तनहुँमा बिबिध कार्यक्रम गरिने

२०७५, १३ बैशाख बिहीबार ०७:२८

दमौली , १२ बैसाख । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०७५ को अवसरमा नेपाल फोटो पत्रकार महासंघ(एनएफपीजे)ले बैसाख १३ गते देशैभर विविध कार्यक्रम गरि मनाईने भएको छ । “सत्य समाचार, फोटोपत्रकारिता नै अन्तिम आधार” भन्ने नाराका साथ विभिन्न रचनात्मक कार्यक्रमहरु जस्तै फोटोपत्रकारिता अवार्ड, प्रभातफेरि, अन्तरकृया , फोटो प्रदर्शनी, चियापान तथा सामाजिक सेवा लगायतका कार्यक्रमहरूको आयोजना गरि देशैभरि आयोजना गरि मनाउन लागेको नेपाल फोटो पत्रकार महासंघले जनाएको छ ।

यसै सन्र्दभमा तनहुँ शाखाले विविध कार्यक्रम गर्ने भएको छ । व्यास नगरपालिका ५ थापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा भोली विहान ८ बजे फोनिजका केन्द्रीय सदस्य मिला दरैलाई सम्मान , प्रभातफेरि तथा फलपूmल वितरण कार्यक्रम राखिको नेपाल फोटो पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनु भयो ।

खासगरि यस दिवस मनाउने जिम्मेवारी फोटोपत्रकारहरुको रहेकाले कृपया जोजहा जस्तो अवस्थामा हुनुहुन्छ यस दिनलाई फोटो पत्रकार साथिहरु तथा हाम्रो अविभावक सस्था नेपाल पत्रकार महासंघका अग्रज पत्रकार, राजनैतिक ब्यक्तित्वहरु , सरकारका विभिन्न निकायका प्रमुखहरु, विद्यार्थी लगायतलाई उपस्थितीको लागि अध्यक्ष नहर्कीले आग्रह गर्नु भएको छ ।

भोलीको कार्यक्रमको प्रमुख अतिथिमा व्यासनगरपालिकाका प्रवत्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र विशिष्ट अतिथिमा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य हुनुहुन्छ । नेपालको जेठो प्रकाशन सस्था गोरखापत्रमा विस १९८४ साल बैसाख १३ गते पहिलो पटक फोटो छापिएको थियो । विरगंज निवासी स्थानीय सुर्यमती श्रेष्ठले आफ्नो कपासको बगैंचामा चर्खाले धागो काटिरहेको छापिएको थियो । त्यसै दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईन्छ ।

Comments

ताजा खबर