नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

बिनाशकारी भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा तनऊ आँबुखैरेनी चोकमा आज साँझ दीप प्रज्जवलन ।

२०७५, १२ बैशाख बुधबार २२:०७

रबिन्द्र गोरखा , १२ बैंशाख

०७२ साल वैंशाख १२ को बिनाशकारी भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा तनऊ आँबुखैरेनी चोकमा आज साँझ दीप प्रज्जवलन गरिएको छ । लायन्स क्लब अफ आँबुखैरेनी सिटीको आयोजनामा विनाशकारी भुकम्पबाट दिवगंत भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै साँझ साढे ७ : ३० बजे दीप प्रज्जवलन गरिएको सिटीका अध्यक्ष लायन रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । दीप प्रज्जवलन कार्यक्रममा आँबुखैरेनीबासीहरुको बाक्लो उपस्थिती रहेको र दिवगंत भएकाहरुको सम्झनामा १ मिनेट मौंन धारण समेत गरिएको सिटीले जनाएको छ । दीप प्रज्जवलन कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष लायन रत्नकुमार श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए ।

Comments

ताजा खबर