भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालभन्दा पहिले चीन भ्रमणमा जाँदैछन्

२०७५, १० बैशाख सोमबार ०६:२५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै हप्ताको अन्तिम दिन चीन भ्रमणमा जाने भएका छन् । गतवर्ष चीन र भारतबीच डोकलाम सीमा र तिब्बतलाई लिएर सुरु भएको विवादले दुई देशबीचको सम्बन्धलाई धेरै संवेदनशील अवस्थामा पुर्याएको थियो । त्यसैकारण सम्पूर्ण विवाद अन्त्य गर्दै कूटनीतिक सम्बन्धमा सुधार ल्याउने उद्देश्यले मोदी चिनियाँ राष्ट्रपति जिन पिङसँग भेट गर्न जान लागेको रोयटर्सले जनाएको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँगको बैठकपछि मोदी र जिन पिङबीच आगामी शुक्रबार र शनिबार भेटवार्ताको कार्यक्रम तय भएको जानकारी दिएका हुन् । यति मात्र नभएर मोदी फेरि जुनमा पनि चीन भ्रमणमा जानेछन् । यति छोटो समयमै यही हप्ता चीन जाने तयारी गरिरहेका मोदीले फेरि जुनमा पनि जिन पिङसँग भेटवार्ता गर्नेछन् ।

यसरी थोरै समयमै मोदी दुईपटक चीन भ्रमणमा जानुलाई भारतभित्रै पनि असामान्य मानिएको छ । यसअघि भने मोदी चीन भन्दा पहिला नेपाल आउने तय भएको थियो । तरपनि अन्तिम समयमा उनले चीनसँगको बिग्रँदो कूटनीतिक सम्बन्धलाई मध्य नजर गर्दै पहिले चीन भ्रमणमा जाने निर्णय लिएको हुन सक्ने बताइएको छ । भारतीय विदेश मन्त्री सुस्मा स्वराज जिङपिङ र मोदीबीच बैठकको तयारी गर्नकै लागि शनिबार बेइजिङ पुगेकी थिइन् । मोदी को यो चिन भ्रमण ले प्रधानमन्त्री केपी शर्माओली को चिन भ्रमण मा केहि असहज हुने देखियकोछ |

Comments

ताजा खबर