तनहुँबाट दुई दिन अघि हराएका ब्यक्ति पोखराको फेवातालमा मृत भेटिए

२०७५, ५ बैशाख बुधबार ०६:५६

पोखरा ५ बैशाख । तनहुँबाट दुई दिन अघि हराएका ब्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन् । दुई दिन अघि मोटरसाइकल सहित हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै मृत भेटिएका हुन् । मृतकको साथमा रहेको लाइसेन्सका आधारमा उनको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीका अनुसार दुई दिन अघि तनहुँ प्रहरीमा उनी हराएको निबेदन परेको थियो ।

तालमा माथी तैरिएको अबस्थामा शब देखिएपछि सशस्त्र प्रहरीको उद्वार टोलीले वाहिर निकालेको थियो । मृतकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Comments

ताजा खबर