गायिक/मोडल सिर्जुले हात परिन् बहुमुखी प्रतिभा छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४

२०७५, १ बैशाख शनिबार ०३:३४

चितवन, ३० चैत । राप्ती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरु म्युजिक अवार्ड वितरण गरेको छ ।

समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो ।
सो अवसरमा यस बर्षको बहुमुखी प्रतिभा अवार्ड लोकप्रिय चर्चित गायिका सिर्जु अधिकारीले हात परेकी छिन् ।
उनको प्यारा प्यारा बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ ।

गायन क्षेत्रमा विगत एक दशक देखि अलग पहिचान भिन्न प्रस्तुती दिन सफल गायिका अधिकारीका पछिल्ला समयका हरेक गीत आम स्रोता माझ कर्णप्रिय छन् ।
गायनसगैँ मोडलिगंमा समेत रुची राख्ने अधिकारीले झण्डै ३ दर्जन बढी गित गईसकेकी छिन् ।
साथैँ गायिका अधिकारी एक दर्जन बढी गितमा संगित समेत भरेकी छिन् ।

Comments

ताजा खबर