प्रहरी महानिरीक्षकमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र

२०७४, २८ चैत्र बुधबार १३:०३

काठमाडौँ — सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा गरेको छ ।मन्त्रिपरिषदको बैठकले चैत २९ गतदेखि लागू हुने गरी प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरीको कार्यसम्पादन मूल्यांकनमा सर्वेन्द्र खनाल पहिलो नम्बरमा थिए।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाउँदैछन्।
महानिरीक्षक अर्यालसँगै १५ जना एआईजीहरु मंगलबारबाट अवकास पाउँदैछन्।नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका शैलेन्द्र खनाल २०५७ सालमा गठन भएको सशस्त्र प्रहरीमा प्रवेश गरेर करिअर सुरु गरेका थिए।

Comments

ताजा खबर