हिस्टानकाे अधिबेशन सम्पन्न , अध्यक्ष मा न्याैपाने

२०७४, २६ चैत्र सोमबार १६:०२

हिस्टानकाे अधिबेशन सम्पन्न , अध्यक्ष मा न्याैपाने माध्यमिक विद्यालय शिक्षक एसोसिएसन नेपाल (हिस्टान) को राजधानीमा सम्पन्न पाँचौं महाधिवेशनले पुष्प न्यौपानेको अध्यक्षतामा ९३ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा ऋषिराम कँडेल, महासचिवमा विक्रम पोखरेललाई चयन गरेको छ । उपाध्यक्षमा योगेन्द्र बस्नेत, गणेश लामिछाने, हिमराज पौडेल, जितबहादुर रास्कोटी, विष्णु दौल्याल, दीपक अर्याल, उपेन्द्र मल्ल र शत्रुघन मुखिया चुनिएका छन् भने सचिवमा विनोद अधिकारी, राजेश बस्नेत, कवीन्द्र भट्टराई, तोया सापकोटा, मनोज निधि, पदमसिंह ठगुन्ना, नरेश उपाध्याय, विष्णु सिग्देल रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा पुष्प लोहनी र सहकोषाध्यक्षमा टीएन पौडेललाई चयन गरिएको छ । सदस्यहरूमा सानोबाबु घिमिरे, विकास अधिकारी, केएन घिमिरे, दामोदर बस्याल, गगन खड्का, ओपेन्द्र खड्का बुद्धि पोखरेललगायत छन् ।गाेरखाबाट केन्द्रीय सदस्य मा रविन्द्र कंडेल रहनुभएकाे छ । नवनिर्वाचित अध्यक्ष न्यैपानेले सरकारसँग विभिन्न चरणमा भएका सहमति, सम्झौता आगामी पुससम्ममा कार्यान्वयनमा नल्याए चरणबद्ध आन्दोलन गर्ने बताए ।

Comments

ताजा खबर