प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०७४, २५ चैत्र आईतवार २०:४५

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।

ओली भर्खर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार भारत भ्रमणमा गएका थिए ।

शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १५ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले स्वागत गरेका छन्।

Comments

ताजा खबर