नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिनु भयों

२०७४, ३ फाल्गुन बिहीबार २०:३७

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथग्रहण गर्नु भयको छ। राष्ट्रपति भवन शितल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले शपथ लिएका हु्न् ।

ओली मुलुकको ३८ ‌औं प्रधानमन्त्री बनेका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीलाई बिहीबार नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत उपस्थित थिए।

Comments

ताजा खबर