प्रदेश नम्बर ४ को राजधानी पोखरा भन्दा अन्यत्र हुनपर्ने अध्यक्ष पुष्पकमल दाहालको भित्री इच्छा

२०७४, २८ माघ आईतवार ०६:५५

प्रदेश नम्बर ४ को राजधानी पोखरा भन्दा अन्यत्र हुनपर्ने माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको भित्री इच्छा भएको खुलासा भएको छ । त्यसका लागि तनहुँको डुम्रेभन्सार र गोरखाको पालुङटार आसपासको क्षेत्र बढी उपयुक्त हुने माओवादी अध्यक्ष दाहालको भित्रि आशय रहेको बुझिएको छ ।

चितवनमा शनिबार काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी संग भएको अनौपचारिक भेटघाटका क्रममा दाहालले यस किसिमको धारणा व्यक्त गरेका थिए । त्यसक्रममा दाहालले पोखरा पर्यटकीय निकै अगाडि बढेको हुँदा राजधानी अन्यत्र सारिदा पनि कुनै पनि असर नपर्ने खालको आशय समेत व्यक्त गरेका थिए ।

अनौपचारिक भेटघाट क्रममा पूर्वमन्त्री भण्डारीले समेत पोखराको गरिमालाई आँच नआउने हिसाबले प्रदेशको स्थायी राजधानी तोक्दा उपयुक्त हुने धारणा माओवादी अध्यक्ष दाहाल समक्ष राखेको बुझिएको छ । भेटघाटका क्रममा दाहाल र भण्डारी बीच मन्त्रीमण्डलमा सहभागी हुँदा एकले अर्कोलाई पुरयाएको सहयोगका बारेमा समेत कुराकानी भएको बुझिएको छ ।

Comments

ताजा खबर