३ नम्बर प्रदेशमा एमाले संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित

२०७४, २६ माघ शुक्रबार १५:३४

काठमाडौं २६,माघ
प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित हुनुभएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी हुनभएको हो । उहाँका प्रतिस्पर्धी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गर्नुभयो । एमालेको ३ नम्बर प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि मतदान भएको हो ।
दलको नेतामा विजयी पौडेल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् भने शाक्य नेता माधव नेपाल समूहकी हुन् । यसअघि संसदीय दलको नेताका आकांक्षी रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरेपछि शाक्य र पौडेल प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यस्तै १ नम्बर प्रदेशमा पनि एमालेले संसदीय दलको नेता निर्वाचनबाट चयन गर्ने भएको छ । सचिव भीम आचार्य र पोलिटव्युरो सदस्य शेरधन राइले अडान लिएपछि निर्वाचनबाट उम्मेदवार चयन गर्न लागेको हो । उम्मेदवार चयनका लागि २ बजेपछि मतदान हुने छ । १ नम्बर प्रदेशमा एमालेको ५१ सांसद छन् ।

Comments

ताजा खबर