संघीय फोरमको निर्णय : प्रदेश २ मा लालबाबु राउत मुख्यमन्त्रीका उम्मेदवार

२०७४, २२ माघ सोमबार ०६:२१

संघीय समाजवादी फोरमले बरिष्ठ उपाध्यक्ष लालबाबु राउतलाई प्रदेश नम्बर २ को मूख्यमन्त्री उम्मेदवार तय गरेको छ । फोरमको करिब पाँच घण्टासम्म चलेको वैठकले राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘सर्वसम्मतरुपमा बरिष्ठ नेता राउतजीलाई संसदीय दलको नेता चयन गरेका छौँ ।’ प्रदेशसभा सांसद ज्ञानेन्द्रकुमार यादवले सनराइज जे एन सँग भने,‘उहाँ नै मुख्यमन्त्रीको उम्मेदवार हो ।’ राउत पर्साका स्थानीय वासिन्दा हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

बैठकमा राउतसहित विजय यादव, शैलेन्द्र साह, कौशल कुमार यादव, योगेन्द्र यादव, प्रल्हाद गिरी र सरोजकुमार सिंहले संसदीय दलको नेतामा दाबेदारी प्रस्तुत गरेका थिए ।

उक्त नाममा सहमति हुन नसकेपछि वैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो । सोही अनुसार यादवले सबैसँग छलफल गरेर राउतलाई नै संसदीय दलको नेता एवं मुख्यमन्त्री बनाउने निर्णय सुनाएका थिए ।

Comments

ताजा खबर