कर छलेर कारोवार गर्नेलाई कडा कारबाही गरिने

२०७४, १९ माघ शुक्रबार १९:११

काठमाडौँ : व्यापारीले व्यवसाय गर्दा करको प्रचलित कानूनअनुसार कारोवार गर्नुपर्नेमा जोड दिइएको छ ।

सिभिल मल व्यापार संघको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायका लागि बनेको कानूनमा परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

“व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुप¥यो,” उहाँले भन्नुभयो । उहाँले पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूअक स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो ।

कर कार्यालय त्रिपुरेश्वरका कर अधिकृत शिशिर घिमिरेले समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्ने बताउँदै कर छलेर कारोवार गर्नेलाई कडा कारबाही गरिने बताउनुभयो ।

संघका अध्यक्ष विजयकुमार महर्जनले सिभिल मल व्यापार संघले उपभोक्ताको हितलाई सर्वोपरि ठानेर काम गरेको जिकिर गर्नुभयो । विसं २०६७ मा व्यवसायको हक र हितका लागि स्थापित संघमा हाल १७० व्यवसायी आबद्ध छन् ।

आज सम्पन्न तेस्रो अधिवेशनले महर्जनको नेतृत्वमा पुनः ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Comments

ताजा खबर