एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

२०७४, १८ माघ बिहीबार १९:४४

काठमाडौं, माघ १८ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौं अाउनु भएकी स्वराजले नेपालका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगकाे भेटका क्रममा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीका रुपमा मोदीको तर्फबाट बधाई सन्देश सुनाउने कार्यक्रम छ । यसअघि मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई तथा भारत भ्रमणको निम्तो दिनुभएकाे थियाे ।
भारतीय विदेशमन्त्री स्वराजले यसलाई सांस्कृतिक भ्रमणको संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन आफू नेपाल आएको बताउनुभएकाे छ। अाेलीसँग भेटेपछि स्वराजकाे अन्य दलका नेतालार्इ भेटने कार्यक्रम रहेकाे छ ।

Comments

ताजा खबर