संसदीय दल बैठकबारे अन्योल: नेताहरु मुख्यमन्त्रीको दौडमा

२०७४, १८ माघ बिहीबार ०६:४५

विराटनगर – संविधान अनुसार प्रदेश १ मा फागुन ८ गतेभित्र मन्त्रिमण्डल गठन भइसक्नुपर्छ तर दलहरुले आझैसम्म संसदीय दलको बैठक समेत राख्न सकेका छैनन् । सरकार गठन गर्नुपर्ने एमाले नेताहरु मुख्यमन्त्रीको दौडमा काठमाडौंमा छन् ।

समाचारमा लेखिएको छ, उनीहरु नआउँदा प्रादेशिक राजधानीमा खासै राजनीतिक चहलपहल हुन सकेको छेन । सपथ खाएर जिल्ला फर्केका प्रदेश सदस्यहरु संसदीय दलको बैठक नबस्दा अन्योलमा छन् ।
प्रदेशसभा सदस्यहरु निर्वाचित घोषणा भएको ३५ दिनभित्र प्रदेश सरकार गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Comments

ताजा खबर